समाचार
घर कायम सिफारिश
लाग्ने समय:
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१०००।–
आवश्यक कागजातहरु:
१) ब्यहोरा खुलेकोे निवेदन ।
२) नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि ।
३) सम्बन्धित जग्गाकोे लालपुर्जाकोे प्रमाण–पत्रकोे प्रतिलिपि।
४)स्थलगत प्रतिवेदन।
५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
प्रक्रिया:
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने।
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले नियमानुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख को लागि सुरक्षित गरी राख्ने ।