FAQs Complain Problems

जग्गा दर्ता सिफारिश

लाग्ने समय: 
सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.५००।–
आवश्यक कागजातहरु: 

१) ब्यहोरा  खुलेकोे निवेदन।
२)नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि।
३)चालु आ.व. सम्मको मालपोत र घर भए घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
४) साविक लगत  प्रतिलिपि।
५)फिल्ड बुक उतार।
६)स्थलगत निरीक्षण प्रतिवेदन।
७) जग्गाको नापी नक्सा।
८)जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु।
९) स्थानीय सर्जमिन मुचुल्का।
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले नियमानुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख को लागि सुरक्षित गरी राख्ने ।