समाचार
तहबृद्धि सम्वन्धी सूचना ।
विषय- तहवृद्धि सम्बन्धी सूचना।
मितिः २०८१/०८/२० ने.सं.११४५ थिंलाथ्व ४, विहीबार
प्रस्तुत विषयका सम्बन्धमा बागमती प्रदेशले जारी गरेको स्थानीय तहको सेवाको (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३० को उपदफा (१) बमोजिम स्थानीय सेवाको पदमा कार्यरत कर्मचारीहरुको तहवृद्धि गर्ने कानुनी व्यवस्था बमोजिम यस गाउँपालिका कार्यालयमा नियुक्ति तथा सरुवा भइ कार्यरत कर्मचारीहरुले तहवृद्धि प्रयोजनका लागि तपसिल बमोजिम कागजात सहित मिति २०८१ साल पौष मसान्तसम्ममा कार्यालयको प्रशासन शाखामा निवेदन पेश गर्नुहुन कार्यालयको मिति २०८१/०८/२० को निर्णयानुसार सम्बन्धित सबै कर्मचारीहरुको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।
तपसिल
रितपूर्वकको निवेदन
सुरु नियुक्ति पत्रको निवेदन
सरुवा तथा रमानाको प्रतिलिपि (सरुवा भइ आएको कर्मचारीको लागि)
समायोजन पत्र ( कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरुको लागि)
बढुवा / तहमिलान/तहवृद्धिको भएको भएमा सो पत्रको प्रतिलिपि
न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
पछिल्लो (पाँच) ५ आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन फारम
नन्द बहादुर खड्का
( प्रमुख प्रशासकीय अधिकृत)
बोधार्थ
श्री मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौंडा, मकवानपुर ।
श्री प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौंडा, मकवानपुर ।
श्री राष्ट्रिय किताबखाना, पुतलीसडक, ललितपुर ।
श्री वडा कार्यालय, सबै ज्वालामूखी गाउँपालिका, धादिङ ।
श्री सूचना प्रविधि शाखा, ज्वालामूखी गाउँपालिका धादिङ :- (वेवसाइटमा प्रकाशन गर्नुहुन ) ।