समाचार
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिश एबं कागजात प्रमाणि
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित फाँटको कर्मचारी, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
सेवाको प्रकृति हेरी गाउँसभाको पाँचौ अधिवेशनको निर्णय अनुसार
आवश्यक कागजातहरु:
१)ब्यहोरा खुलेकोे निवेदन।
२)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि ।
३)विषयसँग सम्बन्धित प्रमाण कागजात।
४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
५)सम्बन्धित कार्यालय एवंं संघ संस्थाको पत्र।
६)आबश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का।
प्रक्रिया:
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले आबश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।