FAQs Complain Problems

ज्वालामूखी गाउँपालिकाकाे संक्षिप्त परिचय

संघिय गणतान्त्रिक नेपालको  प्रदेश नंं ३ स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २३९६६ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।साथै कुल घरभुरी संख्या करिब ५७३० रहेको छ। भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । भुगोलका हिसाबले यस गाउँपालिकाको नक्सा गोलाकार रहेको छ । गाउँपालिका स्तरीय कुनै पनि सडक कालो पत्रे भएको नभएता पनि गाउँपालिका अन्तरगतका सबैवडा कार्यालयहरु सम्म कच्ची मोटर बाटोको सुबिधा पुगेको छ । पशुपालन ब्यबसायका दृष्टिले बाख्रा पालन ब्यबसायको सम्भावना मजबुत देखिन्छ भने अन्य पशुपालनको पनि सम्भावना त्यत्तिकै रहेको देखिन्छ । कृषि ब्यबसाय तर्फ खाद्य बालिमा धान, मकै, कोदो र गहु उत्पादन हुन्छ भने अन्य बाली तर्फ अदुवा, पिडालु र मौरी पालनको पनि उत्तिकै सम्भावना रहेको छ । राजनैतिक हिसाबले जिल्लाका विर्वाचन क्षेत्र मध्ये यस गाउँपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछ ।यस गाउँपालिकाको सामिप्यमा रहेरका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र,पर्यटकीय हिसाबले निकटबाट नियाल्न सकिने पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक  एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको छ । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार मानिन्छ । साथै अत्याधुनिक प्रविधि एबं जलासययूक्त राष्टिय गौरबको बुढिगण्डकी जलविधुत आयोजनाले प्रबाभित एबं डुवान मध्ये यस ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन । साथै उध्क्त योजना सम्पन्न पश्चात संकलित जलासयमा जलयात्राको ब्यबस्थापन गरि गाउँपालिकाको आन्तरिक आय बृद्धि हुने सम्भवना देखिन्छ  ।